काठमाडौं । अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा एक युवक मृत अवस्थामा भेटिएका छन् ।
गएराति करीब साढे १० बजेतिर स्थानीय २५ वर्षीय बमबहादुर धामी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश विष्टले बेलुका घर नफर्किएपछि खोजी गर्दा मध्यपहाडी लोकमार्ग अन्तरर्गत विनायक बजार नजिकै पर्ने मुख्य सडकको नालीमा धामी मृत भेटिएको जानकारी दिनुभयो।
घटनाबारे विस्तृत विवरण प्राप्त भइनसकेको उहाँले बताउनुभयो । अहिले घटनास्थल सिल गरेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विष्टले जानकारी दिनुभएको छ ।