Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रहरीमा कोरोना जोखिम बढ्दो, दुई डिआइजीसहित १५ सय ६७ मा संक्रमण पुष्टि

प्रहरीमा कोरोना जोखिम बढ्दो, दुई डिआइजीसहित १५ सय ६७ मा संक्रमण पुष्टि

  • आइतवार, भाद्र १४ २०७७

  • 1.7K
    SHARES

  • प्रहरीमा कोरोना जोखिम बढ्दो, दुई डिआइजीसहित १५ सय ६७ मा संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दो क्रममा छ । दैनिकजसो धेरै संख्यामा संक्रमितहरु थपिने क्रम जारी छ । त्यसमा पनि कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी बढी संक्रमणको जोखिममा परेका छन् ।

    नेपाल प्रहरीमा लगातार संक्रमणको दर बढ्दै गएको छ । हालसम्म नेपाल प्रहरीका दुई डिआइजीसहित १५ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये, ६७४ जना संक्रमण मुक्त भएका छन् ।

    शनिबार देशभरमा १४६ जनामा संक्रमण देखिएसँगै प्रहरीमा सक्रिय संक्रमितको संख्या ८९३ रहेको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिनुभयो ।

    उहाँका अनुसार संक्रिय सक्रमितमध्ये प्रहरी प्रधान कार्यालयका ९७ र काठमाडौं उपत्यकाका २७८ जना छन् ।

    त्यसैगरी, प्रदेश –१ मा २०८, प्रदेश –२ मा १२९, बाग्मती प्रदेशमा ४१, गण्डकी प्रदेशमा ६०, प्रदेश ५ मा ५२, कर्णाली प्रदेशमा १५ र सूदुरपश्चिम प्रदेशमा सबैभन्दा कम १३ जना सक्रिय संक्रमित रहेका छन् ।


    आइतवार, भाद्र १४ २०७७१२:३८:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij