Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपी अमेरिका प्रस्थान

नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपी अमेरिका प्रस्थान

  • मंगलवार, भाद्र १४ २०७९

  • 420
    SHARES

  • नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपी अमेरिका प्रस्थान

    काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख अमेरिका भ्रमणमा निस्किनुभएको छ ।

    नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका प्रमुख राजु अर्यालको टोली न्यूयोर्कमा हुने युनाइटेड नेसन चिफ अफ पुलिस समिट (यूएनसी ओपीएस) मा सहभागी हुन गएराती त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

    आईजीपी सिंहसँगै उहाँको भ्रमण टोलीमा सचिवालयका एसपी सविन प्रधान पनि रहेका छन् । अर्यालसँग सशस्त्र प्रहरी निरीक्षक केदार सापकोटा अमेरिका प्रस्थान गर्नुभएको छ । दुवैको अनुपस्थितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको निमित्त प्रहरी प्रमुखको जिम्मेवारी क्रमशः सहकुलबहादुर थापा र नारायणदत्त पौडेलले सम्हाल्नुहुने छ ।

    न्यूयोर्कमा आयोजित कार्यक्रम १५ देखि १७ भदौसम्म चल्नेछ । दुवै प्रहरी प्रमुखलाई विमानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकृतहरुले विदाइ गर्नुभएको थियो ।

    सम्मेलनमा संयुक्त राष्ट्र संघको शान्ति सेना, अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि संयुक्त राष्ट्र संघका प्राथमिकता लगायतका विषयमा छलफल हुने भनिएको छ ।


    मंगलवार, भाद्र १४ २०७९०१:३३:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij