काठमाडौं । आज हिन्दु महिाहरुको महान पर्व हरितालिका (तीज) मनाइँदैछ । तीज पर्वका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवालगायतले शुभकामना व्यक्त गरी तीजको मौलिकता र सांस्कृतिक महत्वको जगेर्ना गरी मनाउन आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले सरकार शान्ति, विकास र सुशासनप्रतिको चाहनालाई व्यवहारमै रुपान्तरण गर्ने प्रयासमा निरन्तर क्रियाशील रहेको बताउनुभएको छ ।
हरितालिका तीज पर्वको अवसरमा शुभकामना सन्देशमार्फत उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायु तथा प्रगतिको कामना व्यक्त गर्नुभएको छ ।