Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

तीजको मौलिकता र सांस्कृतिक महत्वको जगेर्ना गरी मनाउन राष्ट्रपतिको आग्रह

तीजको मौलिकता र सांस्कृतिक महत्वको जगेर्ना गरी मनाउन राष्ट्रपतिको आग्रह

  • मंगलवार, भाद्र १४ २०७९

  • 610
    SHARES

  • तीजको मौलिकता र सांस्कृतिक महत्वको जगेर्ना गरी मनाउन राष्ट्रपतिको आग्रह

    काठमाडौं । आज हिन्दु महिाहरुको महान पर्व हरितालिका (तीज) मनाइँदैछ । तीज पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गरी तीजको मौलिकता र सांस्कृतिक महत्त्वको जगेर्ना गरी मनाउन आग्रह गर्नुभएको छ ।

    राष्ट्रपति भण्डारीले तीज पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । साथै उहाँले तीज पर्वले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्त रूपमा अघि बढाउने र यसले महिला सशक्तीकरण र सामाजिक सद्भाव कायम गर्न अवसर निर्माण गर्दै आएको उल्लेख गर्नुभएको छ ।

    उहाँले महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवम् सामाजिक कुरीतिहरूको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।


    मंगलवार, भाद्र १४ २०७९०७:३४:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij