Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

  • सोमवार, भाद्र १३ २०७९

  • 347
    SHARES

  • कस्तो रहला आज देशभरको मौसम ?

    काठमाडौं । हाल देशैभरी आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    पछिल्लो २ घण्टामा कञ्चनपुर र कैलालीको केही स्थानमा भारी वर्षा मापन भएको र थप वर्षा हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

    भारी वर्षाका कारण मोहना मालाखेतीमा जलसतह सतर्कता तहसम्म पुगेको छ भने कान्द्रा, मोहना, खुटियालगायत साना खोलाहरुमा आकस्मिक बाढी आउनका साथै होचा ठाउँमा डुबान हुन सक्ने महाशाखाले उल्लेख गरेको छ। महाशाखाले बिहान ८ बजेसम्म त्यस आसपासका क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेकोछ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेको जनाएको छ।

    सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकोछ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    राति प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।


    सोमवार, भाद्र १३ २०७९०७:२१:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij