Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

पहिरोमा पुरिएर आमाछोरीको मृत्यु

पहिरोमा पुरिएर आमाछोरीको मृत्यु

  • आइतवार, भाद्र १२ २०७९

  • 362
    SHARES

  • पहिरोमा पुरिएर आमाछोरीको मृत्यु

    काठमाडौं । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१४ पिपलचौरमा आइतबार आएको पहिरोमा परेर आमाछोरीको मृत्यु भएको छ।

    पिपलचौरमा रहेको सामुदायिक वनको भवन पहिरोले पुर्दा दुई आमाछोरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार मृत्यु हुनेमा जाजरकोट जिल्लाको भेरि नगरपालिका–१ मैदैकी ३० वर्षीया बालमती राना र उनकी दुई वर्षीया छोरी प्रतिक्षा राना रहेका छन्।

    जेठी छोरी ६ वर्षीया तिर्सना रानाको भने जीवितै उद्धार गरिएको आठबीसकोट नगरपालिका–१४ का वडा अध्यक्ष हुकुम पुनले बताउनुभयो।

    आइतबार बिहान जाजरकोटको नलगाड नगरपालिका–१ स्थित माईतीघरबाट घर फर्कने क्रममा पानी पर्दा उनीहरू पिपलचौरमा रहेको छेपारे सामुदायिक वनको भवनमा ओत लाग्न गएका थिए।

    सोही समयमा भवन माथिबाट आएको पहिरोमा परेर उनीहरू पुरिएका हुन्। नेपाल प्रहरी, आठबीसकोट नगर प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरो पन्छाउने क्रममा सामुदायीक भवनको झ्यालमा चेपिएको अवस्थामा तिर्सनाको उद्धार गरिएको र दुई जनाको शव निकालिएको वडा अध्यक्ष पुनले बताउनुभयो।

    घाइते तिर्सनालाई भेरी नगरपालिका–१ रिम्नामा प्राथमिक उपचार गरेर जिल्ला अस्पताल जाजरकोट लगिएको छ। उनको अवस्था सामान्य रहेको जाजरकोटका प्रहरी प्रमुख डिएसपी सन्तोष निरौलाले जानकारी दिनुभयो।


    आइतवार, भाद्र १२ २०७९०८:४९:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij