Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सिपिएल : सन्दीपले लिए दुई विकेट, जमैकाको जित

सिपिएल : सन्दीपले लिए दुई विकेट, जमैकाको जित

  • आइतवार, भाद्र १४ २०७७

  • 1.3K
    SHARES

  • सिपिएल : सन्दीपले लिए दुई विकेट, जमैकाको जित

    एजेन्सी। क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा नेपाली बलर सन्दीप लामिछानेले राम्रो प्रदर्शन गर्दै उनको टिम जमैका तलावाजले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्समाथि जित निकालेको छ ।

    नेपाली समयअनुसार शनिबार राति भएको खेलमा जमैकाले ३७ रनको जित निकालेको हो । पहिले ब्याटिङमा उत्रिएको जमैकाले प्याट्रियट्सलाई १ सय ४८ रनको लक्ष्य दिएको छ । तर, उसले १९.४ ओभरमा १ सय १० रनमा चित्त बुझाउनु पर्यो ।


    १२ औं ओभरमा पहिलो पटक यो खेलमा बलिङका लागि पुगेका सन्दीपले पहिलो ओभरमा औसत प्रदर्शन गरे ।  त्यसपछि फेरि १४ औं ओभरमा बलिङ गरेका सन्दीपले १० रन खर्चिए । त्यसपछि १६ औं ओभरमा बलिङमा आएका सन्दीपले आफ्नो पहिलो विकेट लिए । कप्तान रोभमान पवेलबाट उनले प्याट्रियट्सका लुईसलाई क्याच गराए ।

    सन्दीपको अन्तिम तथा १८ औं ओभरको खेलमा सन्दीपले ८ बल दिँदै अर्को एक विकेट लिए ।

     


    आइतवार, भाद्र १४ २०७७०६:२६:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij