Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

सुन्दर सृष्टिका जननी बुवालाई सम्मान गरौँ, मिल्ने छ मोक्ष (खास खबर)

सुन्दर सृष्टिका जननी बुवालाई सम्मान गरौँ, मिल्ने छ मोक्ष (खास खबर)

  • शनिवार, भाद्र ११ २०७९

  • 1.9K
    SHARES

  • सुन्दर सृष्टिका जननी बुवालाई सम्मान गरौँ, मिल्ने छ मोक्ष (खास खबर)
    काठमाडौं । आज कुशे औँसी एवम् बुवाको मुख हेर्ने दिन । बुवा हुनेले सम्मान प्रकट गर्दै आशीर्वाद लिएर र नहुनेले पृत्ति तर्पण, पिण्ड, सिद्धा दान दिएर यो पर्व मनाएका छन् । बुवा जननी जसले यो संसार देखाए, सानोमा तातेताते गर्दै हुर्काए, संस्कार दिए त्यसैले पनि बुवा जहिले पनि महान् हुन् । 
     
    नेपालमा कुशे औँसी, सनातन हिन्दु परम्परा अनुसार भाद्र महिनाको अमावश्य औँसीको दिन मनाइँदै आइएको छ । आमा बाबु नहुनेले गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्दा आफूले पुण्य प्राप्त गर्ने विश्वास लिइँदै आइएको छ । संस्कृतिविद् रामचन्द्र गौतमले बुवा जननी भएकोले उहाँको सम्मानका लागि दान गर्ने, जीवित बाबुलाई मीठोमसिनो खान दिएर आशीर्वाद लिने चलन रहेको बताउनुभयो । 
     
    हिन्दु धर्ममा कुशको निकै महत्त्व रहेको छ । कुश घरमा राख्दा मात्र पनि घर नै पवित्र हुने विश्वास हिन्दु संस्कारमा चलिआएको छ । यस दिनमा पुरोहितहरूले जजमानका घरघरमा कुश पुर्‍याईदिन्छन् । जजमानहरूले पनि सिधा–दक्षिणा आदी द्वारा पुरोहितलाई सम्मान गर्ने चलन छ ।
     
    शास्त्रमा कुशलाई ब्राह्मण सरह उत्पन्न तथा दर्भस्वस्तिकरोभवः भनेर अति मङ्गलमय मानिएको छ । स्वस्थानी व्रतकथामा वर्णन भएअनुसार एकपटक श्री महादेव कसैले थाहा नपाउने गरी पशुपतिको जङ्गलमा एक सिङ भएको स्वर्ण मृग रूप धारण गरी वन बिहार गर्न थाल्नुभयो । भगवान शिवको अनुपस्थितिले विष्णु, ब्रह्मा, इन्द्रलगायत सम्पूर्ण देवता निराश भए । 
     
    यो देखेर जगदम्बा भवानीले महादेवले मृग रूप धारण गरेर वन बिहार गरेको रहस्य बताइदिनुभयो । तब ब्रह्मा, विष्णु इन्द्रले एकैपटक त्यस मृगलाई समाते । संयोगवश एकैपटक मृगको उक्त सिङ तीन टुक्रा भयो । यो देखेर सबै देवता आश्चर्यमा परे र क्षमा माग्न थाले । तत्पश्चात् शिवजीले आफ्नो स्वरूपमा प्रकट भएर देवताहरूलाई भन्नुभयो– ’तपाईँहरूले कुनै प्रकारको चिन्ता लिनुपर्दैन । मेरा सिङका तीन टुक्रा विष्णुको हातमा रहेको वैकुण्ठधाममा, इन्द्रका हातमा परेको अमरावतीमा र ब्रह्माको हातमा रहेको नेपालको वाग्मती नदीको पवित्र तट गोकर्णमा स्थापना गर्नू ।’ 
     
    महादेवकै कथनअनुसार ब्रह्माजीले गोकर्ण तटमा उक्त सिङ स्थापना गर्नुभयो । यसरी ब्रह्माजीले स्थापना गरेको त्यही मृगको अवशेष पवित्र शिवलिङ्गका रूपमा गोकर्णेश्वर महादेव नामले विख्यात रहेको छ । आज दिनभर बुवा सम्झनेहरूले गोकर्णेश्वर महादेवमा गई पिण्ड, सिद्धा दान, तर्पण गरेका छन् । 
     


    शनिवार, भाद्र ११ २०७९०८:०१:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij