Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

आज यी प्रदेशमा वर्षाको सम्भावना

आज यी प्रदेशमा वर्षाको सम्भावना

  • शनिवार, भाद्र ११ २०७९

  • 374
    SHARES

  • आज यी प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं । देशभर आज सामान्य मौसम बदली रहने छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित छ। अहिले बिहान लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ।

    देशका बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशका थोरै स्थानमा साथै प्रदेश १ र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको भइरहेको छ।

    आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।


    शनिवार, भाद्र ११ २०७९०७:१४:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij