Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सिपिएल क्रिकेट : सन्दीप आज छैटौं खेल खेल्दै

सिपिएल क्रिकेट : सन्दीप आज छैटौं खेल खेल्दै

  • शनिवार, भाद्र १३ २०७७

  • 1.2K
    SHARES

  • सिपिएल क्रिकेट : सन्दीप आज छैटौं खेल खेल्दै

    एजेन्सी । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि–ट्वान्टी क्रिकेटमा आज छैटौं खेल खेल्दै छ ।

    ट्रिनिडाड एन्ड टोबेगोमा जारी सिपिएलअन्तर्गत जमैकाले छैटौं खेलमा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्ससँग प्रतिस्पर्धा गर्नेछ । जमैका र प्याट्रियट्सबीचको खेल नेपाली समय राति १२ बजे सुरु हुनेछ ।

    प्याट्रियट्सविरुद्ध मैदान उत्रदा जमैका तेस्रो जितको खोजीमा हुनेछ । त्यस्तै, प्याट्रियट्स दोस्रो जितको खोजीमा रहेको छ । यस सिजन दुई टोली पहिलो पटक आमने सामने हुन लागेको हुन् ।

    जमैका ५ खेलमा ४ अंक जोडेर तालिकाको पाँचौं स्थानमा रहेको छ । सामान खेलमा सामान २ अंक जोडेको प्याट्रियट्स तालिकाको अन्तिम स्थानमा रहेको छ ।


    शनिवार, भाद्र १३ २०७७०६:३४:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij