Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

भिजिलान्ते प्रयोग गरेर बदनाम गरियो

भिजिलान्ते प्रयोग गरेर बदनाम गरियो

  • मंगलवार, भाद्र ७ २०७९

  • 5.3K
    SHARES

  • भिजिलान्ते प्रयोग गरेर बदनाम गरियो

    काठमाडौं । नेत्रविक्रम चन्द‘विप्लव’नेतृत्वको नेकपा केन्द्रीय सदस्य चिरन पुनले काभ्रे घटनामा प्रहरीले नै भिजिलान्ते प्रयोग गरेर बदनाम गरेको टिप्पणी गरेका छन् ।

    नेपाल बन्द गराउँदै हिँडेका काभ्रेमा कालिकोट घर भएका २४ वर्षीय पल राउतलाई प्रहरीले भिजिलान्ते प्रयोग गरेर कपडा खोलेर बदनाम गरेको पुनले आरोप लगाए । काभ्रेको बनेपा नगरपालिकाबाट राउत सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    ‘हाम्रो पार्टीका उहाँहरू कलाकार टिम हुनुहुन्छ । पूर्वदेखि पश्चिमसम्म सांस्कृतिक कार्यक्रम गर्ने भनेर हिँड्नु भएको थियो’ पुनले भने, ‘प्रहरीले स्थानीय युवाहरूलाई भिजिलान्तेको रूपमा प्रयोग गरेर बदनाम गरियो । यस्तो हुनु दुःखद हो । त्यसको निन्दा गर्दछौ ।’ यस्तै प्रहरीले काठमाडौँ उपत्यकाबाट ८ जना नेता कार्यकर्ता पक्राउ गरेको प्रारम्भिक रिपोर्ट आएको पुनले बताए ।


    मंगलवार, भाद्र ७ २०७९०२:०६:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij