Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

टीकापुरको घटनाको आज सात वर्ष पूरा

टीकापुरको घटनाको आज सात वर्ष पूरा

  • मंगलवार, भाद्र ७ २०७९

  • 635
    SHARES

  • टीकापुरको घटनाको आज सात वर्ष पूरा

    काठमाडौं । थरुहट/थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा कैलालीको टीकापुरमा एसएसपी लक्ष्मण न्यौपाने सहितका ७ जना प्रहरी र एक नाबालकको मृत्यु भएको आज सात वर्ष पूरा भएको छ ।

    २०७२ साल भदौ ७ गते आजकै दिन भएको सो घटनामा मुख्य दोषी ठहर भएका रेशम चौधरीले जन्म कैदको सजाय भोगिरहेका छन् । रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले यस दिनलाई ‘विद्रोह दिवस’का रुपमा मनाउने भएको छ । नागरिक उन्मुक्ती पार्टीका केन्द्रीय सदस्य गंगा चौधरीले जेलबन्दीका परिवारलाई सहयोग गरेर विद्रोह दिवसका रुपमा मनाइने जानकारी दिनुभयो ।

    घटनाको करिब साढे ३ वर्षपछि २०७५ फागुन २२ गते कैलाली जिल्ला अदालतले रेशम चौधरी सहितका ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो । उनी थुनामै रहेका बेला प्रतिनिधिसभा चुनावमा कैलाली क्षेत्र नम्बर १ बाट विजयी भएका थिए ।

    टीकापुर घटनालाई थरुहट/थारुवान संयुक्त मोर्चाले भने ‘कालो दिन’ का रुपमा स्मरण गर्दै कार्यक्रम गर्दैछ । थरुहट/थारुवान संयुक्त मोर्चाका संयोजक माधव थारुले घटनाको सम्झनामा टीकापुरको कान्छी बजारमा विरोध सभा आयोजना गरिएको जानकारी दिनुभयो ।

    थारु समुदायको अधिकार र रेशम चौधरीको रिहाइका लागि मोर्चा शान्तिपूर्ण आन्दोलनमा रहेको बताउँदै उनले थरुहट/थारुवान संयुक्त मोर्चा, थारु कल्याणकारीसभा र थारु विद्यार्थी समाजको संयुक्त आयोजनामा विरोध सभा आयोजना गरिएको जानकारी दिनुभयो ।

    अदालतले थारु समुदायमाथि अन्याय गरेको भन्दै रेशम चौधरीसहितका कैदीबन्दीलाई रिहाइ गर्नुपर्ने माग थरुहट/थारुवान मोर्चाले राख्दै आएको छ ।


    मंगलवार, भाद्र ७ २०७९११:०८:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij