Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

विप्लवको नेपाल बन्द : देशभर आंशिक प्रभाव

विप्लवको नेपाल बन्द : देशभर आंशिक प्रभाव

  • मंगलवार, भाद्र ७ २०७९

  • 513
    SHARES

  • विप्लवको नेपाल बन्द : देशभर आंशिक प्रभाव

    काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आज मंगलबार आह्वान गरेको बन्दका कारण शैक्षिक क्षेत्र र यातायात प्रणाली प्रभावित भएको छ ।

    राजधानीबाट बाहिर जाने सवारी साधनहरु मंगलबार बिहान ज्यादै न्युन मात्रामा गएका छन् भने राजधानी बाहिर पनि लामो दूरीका सवारीहरु कमै मात्रामा चलेका छन् ।

    राजधानीभित्र बजार खुलेको र यातायात चलेको भए पनि अधिकांश शैक्षिक संस्था मंगलबार बन्द रहेका छन् ।

    राजधानी बाहिरका शहरहरुमा भने यातायात पनि ज्यादै न्युन मात्रामा चलेको प्रहरीले जनाएको छ ।

    यस्तै, कैलालीमा बन्दकर्ताले दुई ठाउँमा विष्फोटक पदार्थ राखेका छन् । गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुलको सडकखण्ड र हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

    अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको कैलाली प्रहरीले जनाएको छ । शंकास्पद वस्तु निस्क्रिय पार्न नेपाली सेनाको टोली गईरहेको छ ।

    बन्दका कारण कैलालीसहित सुदूरपश्चिम प्रदेशका कुनै पनि जिल्लामा लामो तथा छोटो दुरीका सवारी साधन चल्न नसकेको पनि प्रहरीले जनाएको छ । सोमबार राति छुटेका गाडीहरुलाई भने प्रहरीले स्कटिङ गरेर गन्तव्यसम्म पठाइरहेको छ ।

    एमसीसी सम्झौता खारेज, नागरिकता विधेयक फिर्तालगायतका माग राखेर विप्लव समूहले मंगलबार नेपाल बन्द आह्वान गरेको हो ।


    मंगलवार, भाद्र ७ २०७९०७:५५:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij