Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

नेपाली रेडियो नेटवर्कका प्रवन्ध निर्देशक अधिकारी वानमा सर्वसम्मत निर्वाचित

नेपाली रेडियो नेटवर्कका प्रवन्ध निर्देशक अधिकारी वानमा सर्वसम्मत निर्वाचित

  • सोमवार, भाद्र ६ २०७९

  • 898
    SHARES

  • नेपाली रेडियो नेटवर्कका प्रवन्ध निर्देशक अधिकारी वानमा सर्वसम्मत निर्वाचित

    भक्तपुर । नेपाली रेडियो नेटवर्कका प्रवन्ध निर्देशन अमृत अधिकारी ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (वान) को केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

    शनिबार र आइतबार भक्तपुरको जर्मन होम्समा सम्पन्न अधिवेशनले अधिकारीसहित कार्यसमितिका सबैलाई सर्वसम्मत चयन गरेको हो ।
    वानको नयाँ अध्यक्षमा भने तत्कालिन कार्यवहाक अध्यक्ष कुमार भट्टराई निर्वाचित हुनुभएको छ ।

    त्यसैगरी बरिष्ठ उपाध्यक्षमा उज्ज्वल चौलागाई, उपाध्यक्षमा दुर्गा अधिकारी, गोविन्दराज रोस्वारा, राजकुमार थापा, महासचिवमा नविनवावु राई, उप महासचिवमा नवराज खनाल, सचिवमा किरण पाण्डे, महिला सचिवमा रेवती पराजुली, कोषाध्यक्षमा हरि जोशी र सहकोषाध्यक्षमा विपिन ढुङ्गाना निर्वाचित हुनुभएको छ ।

    कुल ३७ सदस्यीय कार्यसमितिमा हरेक प्रदेशबाट एक एक जना र बाँकी खुल्ला सदस्य निर्वाचित भएको निर्वाचन समितिका संयोजक रमेश जोशीले जानकारी दिनुभयो ।

    निर्वाचित मध्ये उपाध्यक्ष थापा, महासचिव राई, कोषाध्यक्ष जोशी, सहकोषाध्यक्ष ढुङ्गाना, सदस्यहरु चक्र कुँवर, बद्री अधिकारी, मधेश प्रदेश संयोजक आशिक अनसारी, बागमती प्रदेश संयोजक गंगा पौडेल, लुम्बिनी प्रदेश संयोजक युवराज बस्याल र लेखा समिति सदस्य सुजन सुवेदी नेपाली रेडियो नेटवर्कमा आवद्ध रेडियोका प्रतिनिधि हुन् ।


    सोमवार, भाद्र ६ २०७९०७:५४:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij