Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा ५० जनामा कोरोना पुष्टि

नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा ५० जनामा कोरोना पुष्टि

  • शनिवार, भाद्र १३ २०७७

  • 638
    SHARES

  • नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा ५० जनामा कोरोना  पुष्टि

    काठमाडौंका १ सहित प्रदेश २ मा थप ५० जनामा कोरोना संक्रमण देखिएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु १५ देखि ५६ वर्ष उमेर समुहका रहेका छन् ।

    शुक्रबार ४ सय ३३ वटा स्वाब संकलन गरेर परीक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेस चौरसियाले जानकारी दिनुभयो।

    उहाँका अनुसार पर्साका ३१, बाराका ८ जना, रौतहटको १ जना, सर्लाहीका २ जना, महोत्तरीका ३ जना, धनुषाका ४ जना र काठमाडौंको १ जनामा कोरोना संक्रमण देखिएको छ। यसअघि पर्सामा ४ सय ५८ जना महिलासहित २ हजार ६४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। भने ५ सय ८६ जना कोरोनामुक्त भई घर फर्किएका छन्।

    अहिलेसम्म १९ हजार १ सय ३० जनाको स्वाब संकलन भएकोमा ३ सय ४० जनाको पीसीआर रिपोर्ट आउन बाँकी छ । ३६ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको पुष्टि भइसकेको छ।


    शनिवार, भाद्र १३ २०७७११:५७:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij