Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

२४ घण्टा नबित्दै कोरोनाले लियो थप ९ जनाको ज्यान

२४ घण्टा नबित्दै कोरोनाले लियो थप ९ जनाको ज्यान

  • शनिवार, भाद्र १३ २०७७

  • 1.6K
    SHARES

  • २४ घण्टा नबित्दै कोरोनाले लियो थप ९ जनाको ज्यान

    काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टा नबित्दै नेपालमा थप ९ जनाको मृत्यु भएको छ । पर्साका तीन, काठमाडौं, भक्तपुर, मकवानपुर, पाल्पा, कास्की र सिरहाका १–१ जनाको मृत्यु भएको हो । वीरगञ्ज–१२ मुर्लीकी ६५ वर्षकी महिला र ४३ वर्षका पुरुष तथा वीरगञ्ज–२२ मनियारीका ३७ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।

    त्यस्तै लुम्बिनी मेडिकल कलेज पाल्पामा तानसेन नगरपालिका–८ मदनपोखराकी ३० वर्षीया महिलाको हिजो साँझ मृत्यु भएको हो । उता, कास्कीमा पनि थप एक जना कोरोना संक्रमितको गयराती मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका– १६ का ५२ वर्षीय पुरुष रहेका छन्।
    यता, ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंकी ५१ र भक्तपुरकी ६२ वर्षीया दुई महिला रहेको अस्पतालका निर्देशक डा. रवि शाक्यले बताउनुभएको छ । दुबैजनाको आइसियूमा मृत्यु भएको हो । यसैगरी, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । सिरहाको भदैया–६ का ८४ वर्षीय वृद्धको गयराति मृत्यु भएको अस्पतालले जनाएको छ ।

    चितवनको चितवन मेडिकल कलेजमा पनि कोरोना संक्रमित एक जना महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–५ की ४९ वर्षीया महिलाको आज विहान मृत्यु भएको हो । कोभिड आइसियूमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।


    शनिवार, भाद्र १३ २०७७११:३१:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij