Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

कांग्रेस नेता प्रदीप गिरिको निधन 

कांग्रेस नेता प्रदीप गिरिको निधन 

  • शनिवार, भाद्र ४ २०७९

  • 811
    SHARES

  • कांग्रेस नेता प्रदीप गिरिको निधन 

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ। ७५ वर्षको उमेरमा नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।                                                    

     सांसद समेत रहेका नेता गिरीको शनिबार राति ९ बजेर ३६ मिनेटमा निधन भएको अस्पतालका एक अधिकारीले बताए ।  कांग्रेसका नेता तथा समाजवादी चिन्तक समेत रहेका गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचार पश्चात् केही महिनाअघि नेपाल फर्किएका थिए।  
     
    घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका सांसद गिरी गत ९ साउनमा मेडिसिटी अस्पतालमा भर्ना  भएका थिए । डा. पंकज बर्मन नेतृत्वको चिकित्सक टोली उनको उपचारमा संलग्न रहेको थियो ।       


    शनिवार, भाद्र ४ २०७९१०:३५:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij