Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणबाट काठमाडौंमा एक सहित थप चार जनाको मृत्यु

कोरोना संक्रमणबाट काठमाडौंमा एक सहित थप चार जनाको मृत्यु

  • शनिवार, भाद्र १३ २०७७

  • 848
    SHARES

  • कोरोना संक्रमणबाट काठमाडौंमा एक सहित थप चार जनाको मृत्यु

    काठमाडौं । कोरोना संक्रमणका कारण थप चार जनाको मृत्यु भएको छ ।

    ललितपुर, वीरगञ्ज, पाल्पा र कास्कीमा थप एक–एक जनाको मृत्यु भएको हो । ललितपुरस्थित पाटन अस्पतालमा काठमाडौं महानगरपालिका वडा नम्बर २१ जैसिदेवलकी ५० वर्षिया महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

    दुई साताअघि अस्पताल भर्ना भएकी उनलाई भेन्टिलेटरमा राखिएको थियो । त्यसैगरी वीरगन्जको नारायणी अस्पतालमा भर्ना भएकी वीरगञ्ज–१२ मुर्ली की ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।

    श्वासप्रश्वासमा समस्या भएपछि हिजो दिउँसो उनी अस्पताल भर्ना भएकी थिइन् । न्यून रक्तचापको समस्याबाट पीडित ती महिलाको साँझ ७ बजे मृत्यु भएको अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिनुभयो ।

    यस्तै लुम्बिनी मेडिकल कलेज पाल्पामा तानसेन नगरपालिका–८ मदनपोखराकी ३० वर्षीया महिलाको मृत्यु भएको हो । भदौ ५ गते अस्पताल भर्ना भएकी उनलाई ७ गते कोरोना पुष्टि भएको थियो । उनको हिजो साँझ मृत्यु भएको हो ।

    यता कास्कीमा पनि थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका– १६ का ५२ वर्षीय पुरुष हुन् ।
    उनको गएराति मृत्यु भएको चिकित्सकहरुले जनाएका छन् । योसँगै पोखरा प्रतिष्ठानमा मृत्यु हुने संक्रमितको संख्या ६ पुगेको छ ।


    शनिवार, भाद्र १३ २०७७०८:५१:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij