Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

अंग्रेजलाई पराजित गरेको सम्झनामा  पाल्पामा भगवती जात्रा मनाइयो

अंग्रेजलाई पराजित गरेको सम्झनामा  पाल्पामा भगवती जात्रा मनाइयो

  • शनिवार, भाद्र ४ २०७९

  • 541
    SHARES

  • अंग्रेजलाई पराजित गरेको सम्झनामा  पाल्पामा भगवती जात्रा मनाइयो
    काठमाडौं । अंग्रेजलाई पराजित गरेको सम्झनामा पाल्पाको तानसेनमा १०३ वर्षदेखि विजयोत्सव मनाइँदै आइएको छ । शनिबार(आज) पनि जात्राको नामले विजयोत्सव मनाइएको छ । भगवती जात्राको नामले पनि यो विजयोत्सवलाई चिनिन्छ ।
     
    नेपालले अंग्रेज सेनालाई युद्धमा जितेको  खुसीयालीमा तानसेनमा विजयोत्सव मनाउन लागिएको हो । वि. स. १८७१ पौष देखि १८७२ जेठसम्मको लडाइमा पाल्पा नुवाकोट, बुटवल जितगढी युद्धमा नेपालले अंग्रेजलाई पराजित गरेको थियो । तत्कालीन पाल्पाका प्रशासक कर्णेल उजिरसिंह थापाको नेतृत्वमा  दुई पटकसम्म अङ्ग्रेजसँग भएको युद्धमा नेपालले विजय हासिल गरेको थियो । युद्धमा अंग्रेजी सेनालाई हराएको सम्झनामा  वि.स.१८७६ देखी निरन्तर रूपमा  प्रत्येक वर्ष पाल्पामा कृष्ण जन्माष्टमीको भोलिपल्ट विजयोत्सव मनाउने गरिएको छ । 
     


    शनिवार, भाद्र ४ २०७९०७:१८:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij