Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

उपसभामुख भुसाललाई मातृशोक

उपसभामुख भुसाललाई मातृशोक

  • शनिवार, भाद्र ४ २०७९

  • 1.4K
    SHARES

  • उपसभामुख भुसाललाई मातृशोक

    काठमाडौं । उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृ शोक परेको छ। उपसभामुख गौतमकी आमा ९१ वर्षीय शारदा गौतमको आज बुढानीलकण्ठस्थित निवासमा निधन भएको हो।

    दिवंगत गौतम नेपाली राष्ट्रिय कांग्रेसका संस्थापक नेता वीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारका स्वास्थ्यमन्त्री काशीनाथ गौतमकी जीवनसंगिनी हुनुहुन्छ।

    उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।


    शनिवार, भाद्र ४ २०७९०२:१४:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij