Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

बाँकेमा भूकम्पको धक्का महसुस

बाँकेमा भूकम्पको धक्का महसुस

  • शनिवार, भाद्र ४ २०७९

  • 752
    SHARES

  • बाँकेमा भूकम्पको धक्का महसुस

    काठमाडौँ । बाँके केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाँकेमा केन्द्रविन्दु भएर राति १ बजेर २८ मिनेटको समयमा ४. ८ म्याग्नेच्युडको भूकम्प गएको हो।

    अमेरिकी भूगर्भ विभाग (युएसजीएस) ले भने नेपाल र भारतको सीमा क्षेत्रमा ४.९ म्याग्नेच्युडको भूकम्प गएको जनाएको छ । युएसजीएसले नेपालको गुलरियादेखि १३ किलोमिटर दूरीमा १० किलोमिटर गहिराइमा केन्द्रविन्दु बनाएर भूकम्प गएको उल्लेख गरेको छ।

    मध्यराति भूकम्प गएपछि त्यस क्षेत्रका मानिसहरु त्रसित भएका थिए । भूकम्पको धक्का पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो ।


    शनिवार, भाद्र ४ २०७९०६:५४:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij