Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

बोगटान गाउँपालिकाको जिप दुर्घटना, अध्यक्ष गडसिलाका नातेदारले हुँइकाएका थिए गाडी

बोगटान गाउँपालिकाको जिप दुर्घटना, अध्यक्ष गडसिलाका नातेदारले हुँइकाएका थिए गाडी

  • शुक्रवार, भाद्र ३ २०७९

  • 498
    SHARES

  • बोगटान गाउँपालिकाको जिप दुर्घटना, अध्यक्ष गडसिलाका नातेदारले हुँइकाएका थिए गाडी

    काठमाडौं । बोगटान फुड्सिल गाउँपालिकाको बा २ झ ३८७३ नम्बरको बोलेरो जिप जोरायल गाउँपालिका रूपसकाँडामा दुर्घटना भएको छ ।

    विपरित दिशाबाट आइरहेको कुखुरा बोकेको जिपसँग ठोकिँदा दुबै गाडिको अगाडिको भागमा क्षति पुगेको छ भने मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।

    बोगटान फुड्सिल गाउँपालिकाको गाडि यसअघि शशी मगरले चलाउने गरेका थिए भने गाउँ कार्यपालिकाको साउन २८ गतेको निर्णयबाट उनको करार सम्झौता गरिएको थिएन ।

    पहिले एम्बुलेन्स चलाउने चालक देव गड्सिलाले गाडि चलाएका थिए, गड्सिला गाउँपालिका अध्यक्ष कमल गड्सिलाका नातेदार दाजु हुन् भने दिपायलमा थन्किएको एम्बुलेन्सका चालक थिए । उक्त गाडिमा वडा नम्बर ७ का अध्यक्ष शंकरमान सुनार सहितको टोली यात्रामा थियो ।

    गाडी तीब्र गतिमा चलाएकोले ठोक्किएको बताइएको छ ।


    शुक्रवार, भाद्र ३ २०७९०२:५३:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij