Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

  • बिहिवार, भाद्र २ २०७९

  • 284
    SHARES

  • कस्तो रहला आज देशभरको मौसम ?

    काठमाडौं । बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा भने यतिबेला बिहानै पारिलो घाम लागिरहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

    आज बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

    विभागका अनुसार राति प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा अन्य प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जनर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

     


    बिहिवार, भाद्र २ २०७९०६:५१:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij