काठमाडौं । दार्चुलाको गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगा गइरहेको जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ, चार जना घाइते भएका छन् । ।
शैल्यशिखर नगरपालिका–६ स्थित उल्लानीमा से १ ज ५५१ नम्बरको जिप बुधबार(आज) अपराह्न: दुर्घटना हुँदा ४ जना पुरुष र एक जना महिलाको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख डीएसपी जितेन्द्रकुमार पालले जानकारी दिनुभयो।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका चार जनाको उद्दार गरेर उपचारका लागि गोकुलेश्वर पठाइएको छ भने अन्य घाइतेको उद्दार भइरहेको छ ।
जीप सडकबाट करिब पाँच सय मिटर तल खसेको छ ।घटनास्थलमा अहिले मालिकार्जुन प्रहरी चौकीबाट प्रहरी र स्थानीयहरू खटिएका छन् ।