Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपालका ३ खेलाडीले स्वर्ण पदक जिते

नेपालका ३ खेलाडीले स्वर्ण पदक जिते

  • शुक्रवार, भाद्र १२ २०७७

  • 2.8K
    SHARES

  • नेपालका ३ खेलाडीले स्वर्ण पदक जिते

    काठमाडौं । अन्तर्राष्ट्रिय अनलाईन कराते च्याम्पियनसिपमा नेपालका ३ खेलाडीले स्वर्ण पदक जितेका छन् । च्याम्पियनसिपमा सहभागिता जनाएका एभरेस्ट मार्सियल आर्ट्सका ३ खेलाडीले स्वर्ण पदक जितेका हुन् । यस्तै नेपालले ४ रजत र ४ कास्य पदक समेत जितेको छ ।

    महिला ९ वर्ष मुनिको कुमुतेमा नेपालकी जुलियाना मोक्तानले स्वर्ण जितिन् । यस्तै महिलाको १७ वर्ष मुनिको कातामा अनुभा मगराती र महिलाकै १२ वर्ष मुनिको कातामा सुबिता गौतमले स्वर्ण जितिन् ।

    त्यस्तै १२ वर्ष मुनिको पुरुष कातामा रुद्राक्ष देबकोटा, महिला ९ वर्ष मुनिको कुमुतेमा सुबिता गौतम, १२ वर्ष मुनिको महिला मुकुतेमा प्राथना अग्रवाल र २५ वर्ष मुनिको पुरुष कुमुतेमा जेमिन महर्जनले कास्य जिते ।

    प्रतियोगितामा १४ देशका २०० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।


    शुक्रवार, भाद्र १२ २०७७०७:२६:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij