Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

यी प्रदेशमा वर्षाको सम्भावना

यी प्रदेशमा वर्षाको सम्भावना

  • बुधवार, भाद्र १ २०७९

  • 335
    SHARES

  • यी प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं । देशका चार प्रदेशमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

    प्रदेश १ का पहाडी भूभागमा पूर्ण बदली रहि देशका अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भू-भागमा आंशिक बदली रहेको छ।

    दिउँसो  प्रदेश १ मा सामान्य बदली रहि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र देशका अन्य भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केही तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

    राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली हुनेछ।

    देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ। 


    बुधवार, भाद्र १ २०७९०६:४९:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij