Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बढ्दै मृगौलाका बिरामी, थाहै नपाई हुन सक्छ फेल (खास खबर)

बढ्दै मृगौलाका बिरामी, थाहै नपाई हुन सक्छ फेल (खास खबर)

  • मंगलवार, श्रावण ३१ २०७९

  • 1.0K
    SHARES

  • बढ्दै मृगौलाका बिरामी, थाहै नपाई हुन सक्छ फेल (खास खबर)
    काठमाडौं । भनिन्छ, हरेक नेपालीलाई ग्यास्ट्रिकले छोएको छ । यसको कारण हाम्रो खानपान र जीवनशैलीमा निर्भर रहन्छ । चिल्लो, पिरो खाने, समयमा खाना नखानेलगायत विभिन्न कारणले ग्यास्ट्रिक निम्तन्छ । 
     
    यो बढ्दै गएमा अल्सर र क्यान्सरको भय हुन्छ । पछिल्लो समय त ग्यास्ट्रिक जस्तै मृगौला फेलका बिरामीहरू पनि बढ्दै गएका छन् । मृगौला मानव शरीरको एक अभिन्न अङ्ग हो । यो अङ्ग सिमीको आकारको हुने गर्दछ । यो मेरुदण्डको दुवैपट्टि हुन्छ । यो करिब–करिब ४-५ इन्च लामो हुन्छ । प्रत्येक मृगौलामा लाखौँ स-साना छान्ने जालीहरू हुन्छन्, जसलाई नेफ्रोन्स भनिन्छ । 
     
    मृगौलाको कुनै भागमा मात्रै समस्या आयो भने यसले राम्रोसँग काम गर्न सक्दैन । जब मृगौलाले फिल्टरिङ क्षमता गुमाउँछ, तरल पदार्थ र फोहोरको हानिकारक स्तरहरू शरीरमा सङ्कलन हने गर्दछ, जसले रक्तचापलाई बढाउँछ र मृगौला विफलता अर्थात् मृगौला रोगी बनाउन सक्छ । नेपालमा अहिले ३० देखि ३२ हजार मृगौला पीडित रहेका छन् । ७ हजार २ सयले डायलिसिस गराइरहेका छन् भने हालसम्म ९ सय १८ जनाको मृगौला प्रत्यारोपण गरिएको छ । यहाँको कानून अनुसार उनीहरूले प्रत्यारोपण गर्न त परै जाओस् सरकारले निःशुल्क गरेको डायलिसिस पाउन मुस्किल छ । मृगौला पीडित रामजी तामाङको अनुभव यस्तो रहेको छ ।
     
    सरकारी होस् या निजी अस्पतालले विभिन्न बहानामा डायलिसिसमा आनाकानी गर्छन् र मृगौला पीडितका आफन्तले पुरै सम्पत्तिसहित बिरामी पनि गुमाउँछन् । 
     
    यो भनाइ थियो, मृगौला पीडित सरोकार समाज नेपालका अध्यक्ष बलराम सुवेदीको । उहाँकी पत्नी पनि मृगौला पीडित नै हुनुहुन्छ । उपचारमा भएको जमिन जायजेथा सकियो । अब नाममा दुई कठ्ठा जमिन छ त्यो केही दिनलाई मात्रै पुग्छ । 
     
    यता, सरकारले मृगौलाका बिरामीहरूलाई महिनाको पाँच हजार रकम सहायता गर्ने घोषणा गरेको छ । र ऐन पनि बनिसकेको छ । पीडितले वडामा गएर आफ्नो समस्या राखेपछि सिफारिस दिने र मन्त्रालयले भुक्तानी गर्ने गरेको स्वास्थ्य मन्त्री भवानी खापुङ बताउनुहुन्छ । 
     
    कानूनमा द्विविधा नभएको बताउँदै मन्त्री खापुङमा वडा कार्यालयमा गएर निर्धक्क सिफारिस लिन आग्रह गर्नुभयो । 
     
    मृगौला स्वास्थ्यबारे जनचेतना भने निश्चय नै कम छ । केयरलेस भएकै कारण कहिलेकाहीँ दुवै मृगौला फेल हुने अवस्थासम्म पनि पुगेको हुन्छ । त्यसैले आफ्नो स्वास्थ्यको ख्याल राख्न जरुरी छ । 
     


    मंगलवार, श्रावण ३१ २०७९०८:२७:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij