Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अनुष्का शर्मा र विराट कोहली आमाबुवा बन्दै

अनुष्का शर्मा र विराट कोहली आमाबुवा बन्दै

  • शुक्रवार, भाद्र १२ २०७७

  • 2.1K
    SHARES

  • अनुष्का शर्मा र विराट कोहली आमाबुवा बन्दै

    एजेन्सी । बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली आमाबुवा बन्ने भएका छन् । उनीहरुले आउँदो बर्ष आफूहरु दुईबाट तीन जना हुने बताएका छन् ।

    कोहली र शर्माले बिहीबार आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमार्फत् गर्भवती भएको तस्वीर सार्वजनिक गर्दै आमाबुवा बन्न लागेको जानकारी दिएका हुन् ।

    कोहली र शर्मा दुबैले आफ्नो ट्वीटरमा लेखेका छन्,–‘र त्यसपछि, हामी तीन जना हुनेछौं ।’ उनीहरूले बच्चा जन्मिने मिति सन् २०२१ रहेको समेत सार्वजनिक गरेका छन् । कोहली र शर्माको केही वर्षको प्रेमपछि सन् २०१७ डिसेम्बर ११ गते इटालीमा पुगेर विवाह गरेका थिए ।


    शुक्रवार, भाद्र १२ २०७७०७:०५:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij