Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाली रेडियो नेटवर्कका पत्रकार भुसाल टान पत्रकारिता पुरस्कार २०२२ बाट सम्मानित

नेपाली रेडियो नेटवर्कका पत्रकार भुसाल टान पत्रकारिता पुरस्कार २०२२ बाट सम्मानित

  • सोमवार, श्रावण ३० २०७९

  • 1.1K
    SHARES

  • नेपाली रेडियो नेटवर्कका पत्रकार भुसाल टान पत्रकारिता पुरस्कार २०२२ बाट सम्मानित

    काठमाडौं । नेपाली रेडियो नेटवर्कको अर्थसम्वाद कार्यक्रमका सञ्चालक पत्रकार टी.पी. भुसाल ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले प्रदान गर्ने ‘टान पत्रकारिता पुरस्कार २०२२’ बाट सम्मानित हुनुभएको छ । पत्रकारितामार्फत पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याएको भन्दै टानले भुसाललाई उक्त अवार्डबाट सम्मान गरेको हो ।

    काठमाडौं आयोजित टानको ४२ औं, ४३ औं र ४४ औं वार्षिक साधारणसभाको अवसरमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठले पत्रकार भुसाललाई उक्त अर्वाड प्रदान गर्नु भएको थियो । नेपाली रेडियो नेटवर्क मार्फत भुसालले खासगरी कोभिड–१९ पछि नेपाली पर्यटन क्षेत्रले भोग्नुपरेका विविध समस्या तथा पर्यटनका अन्य विषयमा सरोकारवालासँग निरन्तर सम्वाद गर्दै आउनुभएको थियो ।

    नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता तथा विभिन्न कलेजमा प्राध्यापन समेत गर्दै आएका भुसालले नेपालको समग्र पर्यटन उद्योग तथा पर्यटन क्षेत्रको नीतिगत विषयमा निरन्तर कलम चलाउँदै आउनुभएको छ । टानको वार्षिक उत्सवको अवसरमा भुसाल सहित नेपाल टेलिभिजनका आर्थिक ब्युरो चिफ प्रदीप चापागाईं, न्युज एजेन्सी नेपालका प्रवन्ध निर्देशक सविन धमला, क्यापिटल नेपाल डटकम र क्यापिटल बिजनेस म्यागजिनका संवाददाता सुवास योञ्जन, राष्ट्रिय समाचार समितिका सम्वाददाता अच्युत रेग्मी, कर्पोरेट नेपालका संवाददाता फुर्पा शेर्पा लगायतका सञ्चारकर्मीलाई सम्मान गरिएको थियो ।


    सोमवार, श्रावण ३० २०७९०२:५७:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij