Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पुजारी हत्याको विरोधमा एकजुट भए ११ धार्मिक संस्था

पुजारी हत्याको विरोधमा एकजुट भए ११ धार्मिक संस्था

  • शुक्रवार, भाद्र १२ २०७७

  • 1.1K
    SHARES

  • पुजारी हत्याको विरोधमा एकजुट भए ११ धार्मिक संस्था

    काठमाडौं । रौतहटस्थित एक मन्दिरका पुजारीको हत्यालाई लिएर विभिन्न ११ वटा धार्मिक संघ–संस्थाले साझा विज्ञप्ति जारी गरी विरोध जनाएका छन् ।

    साथै, सो घटनाका सन्दर्भमा गृह मन्त्रालयले मातहतका निकायमा जारी गरेको परिपत्रप्रति पनि उनीहरुले आपत्ति जनाएका छन् ।

    गत भदौ ३ गते रौतहटको माधवनारायण नगरपालिका २ स्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको अज्ञात समूहले हत्या गरेको थियो ।

    गृह मन्त्रालयले सो घटनालाई लिएर हुने विरोध प्रदर्शनलाई नियन्त्रण गर्न भनि मातहतका निकायलाई परिपत्र गरेको विज्ञप्तिमा उल्लेख छ । यस सम्बन्धमा गृहमन्त्रीको स्पष्ट जवाफसहितको सम्वोधन आउनुपर्ने धार्मिक अगुवाहरुले माग गरेका छन् ।

    साथै मृतक साहका परिवारलाई उचित राहत प्रदान गर्न तथा देशका सबै धार्मिक अभियन्ताको सुरक्षामा गम्भीर हुन उनीहरुको आग्रह छ ।

    यसैबीच, पुजारी हत्याको विरोधमा राप्रपासम्बद्ध विद्यार्थी संगठनले घटनाको सत्यतथ्य छानविनसहित हत्यारालाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ ।

    प्रदर्शनमा उत्रिएका राष्ट्रिय प्रजातान्त्रिक संगठनका केन्द्रीय अध्यक्ष महेश सिंहलगायत १२ विद्यार्थी नेतालाई आज प्रहरीले नियन्त्रणमा लिएको हो ।

    राप्रपा नेता राजाराम बर्तौलाका अनुसार प्रहरीले अध्यक्ष सिंह, वरिष्ठ उपाध्यक्ष नीराजन बम, चेतराज सिंह, विमल ऐडी, महेश ओझा, विजय शाही, आरके सिंह, किसान जोशी, राजकुमार थापा, राम धामी, नरेश मोरसहित १२ विद्यार्थी नेतालाई पक्राउ गरेको जानकारी दिनुभयो ।

    बर्तौलाले पक्राउ परेकाको तत्काल रिहाको माग गर्नुभएको छ ।

     


    शुक्रवार, भाद्र १२ २०७७०६:४०:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij