Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

सान्जेन जलविद्युतको साइट कार्यालयमा तोडफोड र आगजनी

सान्जेन जलविद्युतको साइट कार्यालयमा तोडफोड र आगजनी

  • आइतवार, श्रावण २९ २०७९

  • 426
    SHARES

  • सान्जेन जलविद्युतको साइट कार्यालयमा तोडफोड र आगजनी
    काठमाडौँ । सान्जेन जलविद्युत कम्पनीको रसुवाको थम्बुचेतस्थित साइट कार्यालयमा तोडफोड भएको छ । रसुवामा बनिरहेका सान्जेन (४२.५ मेगावाट) र माथिल्लो सान्जेन (१४.८ मेगावाट) आयोजना हेर्ने कार्यालयमा गत्लाङ क्षेत्रका स्थानीयले आइतबार दिउँसो तोडफोड र आगजनी गरेका हुन् ।
     
    कम्पनीका एक अधिकारीका अनुसार सेयर बाँडफाँट गर्दा आफूहरूलाई अतिप्रभावितको सूचीमा राख्न माग गर्दै गत्लाङका केही स्थानीयले कार्यालयभित्रै पसेर तोडफोड गरेका हुन् ।
     
    करिब ७०/८० जनाको समूहमा आएका स्थानीय रसुवाले पाउने १० प्रतिशत सयरमध्ये अतिप्रभावितका रुपमा आफूहरूलाई अग्राधिकार नदिएको भन्दै कर्मचारीमाथि पनि हातपात गरेका छन् ।
     
    कार्यालयको गाडीमा डुङ्गाले हानेर क्षति पुर्‍याइएको छ । उनीहरूले कार्यकक्षभित्रै पसेर ‘वर्किङ चेम्बर’ भत्काइदिएका छन् । आन्दोलनकारीले कार्यालयका कुर्सी जलाएका छन् । कार्यालयका विभिन्न संरचनाहरू भत्काइदिएका छन् ।
     
    २९ माघ, २०७६मा नै रसुवाका स्थानीयलाई दिने सेयरबारे समझदारी भएको थियो । तर, गत्लाङका स्थानीयले माथिल्लो तटीय क्षेत्र भन्दै आफूहरूलाई कम सेयर दिन खोजिएको भन्दै विरोध गरिरहेका थिए ।
     
    तर, अहिले पुरानो सहमतिअनुसार प्रक्रिया पुरा गरेर सेयर निष्कासन गरेपछि गत्लाङ क्षेत्रका स्थानीयले असन्तुष्टि पोखिरहेका थिए ।


    आइतवार, श्रावण २९ २०७९०५:३५:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij