Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

कृषि सामग्रीको गोदाममा रहेको ६ ट्रक मल पर्साका किसानको कब्जामा

कृषि सामग्रीको गोदाममा रहेको ६ ट्रक मल पर्साका किसानको कब्जामा

  • आइतवार, श्रावण २९ २०७९

  • 428
    SHARES

  • कृषि सामग्रीको गोदाममा रहेको ६ ट्रक मल पर्साका किसानको कब्जामा

    काठमाडौं । पर्साका किसानले कृषि सामग्री कम्पनी लिमिटेडको गोदामबाट ६ ट्रक रासायनिक मल कब्जा गरेका छन् ।

    वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई साथ लिएर किसानले कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयको भुटनदेवीस्थित गोदामबाट मल नियन्त्रणमा लिएका हुन् ।

    जिल्ला कृषि सहकारी संघका अध्यक्ष शिवकुमार साहले मेयर सिंहकै अगुवाइमा मल नियन्त्रणमा लिएको बताउनुभयो । तर मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले भने मेयरले नभइ किसानले नै मल नियन्त्रणमा लिएको बताउनुभयो ।

    किसानले नियन्त्रणमा लिएको मल बालमन्दिर प्राङ्गणमा राखिएको छ ।

    कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयले भुटनदेवीमा रहेको गोदामबाट बाहिरी जिल्लामा मल पठाउन लागेको थाहा पाएपछि किसानले त्यो मल नियन्त्रणमा लिएका हुन् । पर्सामा कृषि सामग्री कम्पनी लिमिटेडको श्रीपुरमा रहेको प्रादेशिक कार्यालयबाटै मल वितरण हुँदै आएको छ ।

    पर्सामा धान गोड्ने बेला हुँदा पनि किसानले मल पाएका छैनन् । त्यसैले किसान आक्रोशित भएका छन् ।


    आइतवार, श्रावण २९ २०७९०३:५७:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij