Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

सप्तकोसी बाढी प्रभावित क्षेत्र सङ्कटग्रस्त घोषणा

सप्तकोसी बाढी प्रभावित क्षेत्र सङ्कटग्रस्त घोषणा

  • आइतवार, श्रावण २९ २०७९

  • 420
    SHARES

  • सप्तकोसी बाढी प्रभावित क्षेत्र सङ्कटग्रस्त घोषणा
    काठमाडौं । सरकारले सप्तकोसी नदीको बाढी प्रभावित क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
     
    यही साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले सप्तकोसीको बाढीले बढी क्षति पुर्‍याएको भौगोलिक क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो ।
     
    यही साउन १८ गते बिहान सप्तकोसीमा बाढी आएपछि एउटा भंगालो कटान गरी बस्तीमा पसेको थियो । नदी गाउँमा पसेपछि उदयपुरको वेलका नगरपालिका र सुनसरीको बराह क्षेत्र प्रभावित भएका थिए ।
     
    सप्तकोसीले कटानबाट तटीय क्षेत्रका २० हजार बढी नागरिक प्रभावित भएका छन् । बर्खा नसकिएकोले तटीय क्षेत्रमा जोखिम कायम छ ।


    आइतवार, श्रावण २९ २०७९०३:२४:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij