Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

डोल्पामा डोजरमाथि पहिरो खस्दा चालकको मृत्यु

डोल्पामा डोजरमाथि पहिरो खस्दा चालकको मृत्यु

  • आइतवार, श्रावण २९ २०७९

  • 385
    SHARES

  • डोल्पामा डोजरमाथि पहिरो खस्दा चालकको मृत्यु
    काठमाडौं । डोल्पामा डोजरमाथि पहिरो खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा एक्स्काभेटर चालक बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं १९ राझा मोहनपुर बस्ने वर्ष ३२ को सुरज बसाल मगर रहेका छन् ।  
     
    प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार(आज) बिहान ८ बजेतिर त्रिपुरा सुन्दरी नगरपालिका वडा नं. ३ जिऊ भन्ने स्थानमा बाटो खनिरहेको अवस्थामा माथिबाट पहिरो खसेको थियो ।  पहिरोले एक्स्काभेटर पुरिँदा चालक सुरजको मृत्यु भएको हो । अहिले प्रहरी त्यहाँ उद्धार कार्यमा खटिएको छ । 
     


    आइतवार, श्रावण २९ २०७९०१:४२:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij