Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटना, घाइते दुई प्रहरीलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो 

रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटना, घाइते दुई प्रहरीलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो 

  • शनिवार, श्रावण २८ २०७९

  • 677
    SHARES

  • रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटना, घाइते दुई प्रहरीलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो 
    काठमाडौं। रुकुम (पूर्व) मा नेपाल प्रहरीको गाडी दुर्घटनामा परेर घाइते भएको दुई प्रहरीलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । 
     
    रुकुम पुर्वको पुथाउत्तरगंगा गाउँपालिका-११, तल्लोसेरा नजिकै प्रहरीको गाडी दुर्घटनामा परेर गम्भीर घाइते दुई जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।
     
    दुर्घटनामा ६ जना सुरक्षाकर्मी घाइते भएका थिए । दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रवीन्द्र श्रेष्ठसहित ६ जना सुरक्षाकर्मी घाइते भएको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले बताउनुभयो ।
     
    अनुगमन र अरू कामको सिलसिलामा प्रमुख जिल्ला अधिकारीलगायतको टोली तकसेरा जाने क्रममा लु १ झ ६६० नम्बरको प्रहरीको भ्यान दुर्घटनामा परेको हो । प्रमुख जिल्ला अधिकारीसहितको टोली भने अर्को गाडीमा सवार रहेका थिए । 
     
    सडकदेखी करिब १ सय मिटर तल खसेको भ्यान दुर्घटना हुनुको कारण भने खुलेको छैन ।
     


    शनिवार, श्रावण २८ २०७९०२:५०:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij