Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एकैदिन कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु, ८१५ जना सङ्क्रमित थपिए

एकैदिन कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु, ८१५ जना सङ्क्रमित थपिए

  • बिहिवार, श्रावण २६ २०७९

  • 409
    SHARES

  • एकैदिन कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु, ८१५ जना सङ्क्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको छ भने थप ८१५ जना सङ्क्रमित भएका छन् ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४ हजार ५३४ जनाको परीक्षणमा ८१५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४११जनाको पीसीआर परीक्षण गर्दा ४६५ जना र २ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ३५० जनामा सङ्क्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

    यस्तै बिहीबार कोरोना सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ८६९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४७६ जना सङ्क्रमणमुक्त भएका छन् ।

     


    बिहिवार, श्रावण २६ २०७९०४:२८:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij