Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोना उपचार केन्द्रबाटै भागे कैदी

कोरोना उपचार केन्द्रबाटै भागे कैदी

  • बिहिवार, श्रावण २६ २०७९

  • 531
    SHARES

  • कोरोना उपचार केन्द्रबाटै भागे कैदी
    काठमाडौं । कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्र विराटनगरमा उपचारका लागि भर्ना भएका कैदी भागेका छन् । बुधबार राति विराटनगर महानगरपालिका-१८ का ४५ वर्षीय लक्ष्मण दास उपचार केन्द्रबाट फरार भएका हुन् ।
     
    बैङ्किङ कसुर मुद्दामा ६ महिना कैद सजाय भएका दास शौचालय जाने बहानामा राति १० बजेतिर फरार भएको उपचार केन्द्रले जनाएको छ ।
     
    दासलाई लेनदेन मुद्दामा अदालतले २०७६ साल वैशाख २९ गते ६ महिना कैदको फैसला सुनाएको थियो ।  फैसलापछि उनी फरार थिए । लुकिछिपी बसेको अवस्थामा प्रहरीले साउन २० गते उनलाई पक्राउ गरेको थियो ।
     
    कारागार चलानका लागि कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि साउन २० गते नै कोभिड(१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो । बुधबार राति शौचालय जाने क्रममा हातको हतकडी खोलेपछि उनी फरार भएका थिए ।
     
    जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले फरार प्रतिवादीको खोजी भइरहेको बताउनुभएको छ । 


    बिहिवार, श्रावण २६ २०७९०२:२०:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij