कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १ गणेशबस्तीमा आफ्नै आमाले खुवाएको विषले ८ महिने शिशुको ज्यान लिएको छ । २४ वर्षीया निर्मला रानाले आफुसंगै ८ महिने शिशु एलेक्स रानालाई समेत सल्फास नामको विष सेवन गराएपछि उपचारका क्रममा शुक्रबार बिहान शिशुको मृत्युु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक वकिल बहादुर सिंहले जानकारी दिनुभएको छ ।
निर्मलाको भने कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।