Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

चितवनमा थप दुई कोरोना संक्रमितको मृत्यु

चितवनमा थप दुई कोरोना संक्रमितको मृत्यु

  • शुक्रवार, भाद्र १२ २०७७

  • 1.1K
    SHARES

  • चितवनमा थप दुई कोरोना संक्रमितको मृत्यु

    चितवन । चितवनमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज बिहान जिल्लाको पुष्पाञ्जली अस्पताल र चितवन मेडिकल कलेज भरतपुरमा एक–एक जना गरि दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

    भरतपुर–१० स्थित पुष्पाञ्जली अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–२ का ५१ वर्षीय पुरुष र चितवन मेडिकल कलेज भरतपुरमा हेटौंडा उपमहानगरपालिका–१९ की ७१ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

    पुष्पाञ्जली अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. सन्दिप पाण्डेका अनुसार भेन्टिलेटरमा उपचार गर्दागर्दै ती पुरुषको मृत्यु भएको हो । उनि लामो समयदेखि दमका बिरामी रहेको अस्पतालले जनाएको छ । भदौ ८ गते राति भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएकी महिलामा पनि श्वासप्रश्वासमा गम्भिर समस्या आएर अस्पताल भर्ना गरि उपचार सुरु गरिएको थियो । उनलाई ७ भदौ गते चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको र परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियो।


    शुक्रवार, भाद्र १२ २०७७११:३४:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij