Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

रसुवाको उत्तरगयामा पहिरो खस्दा पासाङल्हामु राजमार्ग अवरुद्ध

रसुवाको उत्तरगयामा पहिरो खस्दा पासाङल्हामु राजमार्ग अवरुद्ध

  • बुधवार, श्रावण २५ २०७९

  • 400
    SHARES

  • रसुवाको उत्तरगयामा पहिरो खस्दा पासाङल्हामु राजमार्ग अवरुद्ध

    काठमाडौं । मंगलबार राति परेको अविरल वर्षाले दक्षिणी रसुवास्थित बनुवा धुम्ती क्षेत्रको राजमार्गमा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ ।

    उत्तरगया गाउँपालिका–५ स्थित माझगाउँ र बनुवा घुम्तीबीच पिपलबोट आसपास क्षेत्रमा सडक मार्ग भत्किएर सुरु भएको पहिरोले बेँसीतर्फका बस्तीलाई प्रभावित पार्नुको साथै अन्नबालीमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । मानवीयतर्फ कुनै क्षति नभएको जनाइएको छ ।

    प्रहरी निरीक्षक झलक शर्मा पौडेलका अनुसार सडक खुलाउने प्रयासको साथै क्षतिको विवरण लिने काम बिहानैदेखि सुरु भएको छ । पहिरोका कारण बेत्रावती, पहिरेबेँसी, मैलुङ खण्डको नयाँ सडकमा समेत सवारी आवागमन पूर्ण रूपमा बन्द भएको बताइएको छ ।

    जनैपूर्णिमाको अवसरमा लाग्ने पवित्र तीर्थ गोसाइँकुण्ड मेला भर्न जाने यात्रुलाई धुञ्चे पुर्‍याउन स्थानीयस्तरमा रहेका सवारीसाधन परिचालन गरिने प्रहरीले जनाएको छ । उत्तरी भेगमा रहेका पासाङल्हामु तथा टिमुरे यातायात समितिको बसले गोसाइँकुण्ड जाने यात्रुलाई यातायातको सुविधा दिने तर निजी सवारीसाधन भने प्रभावित हुने बताइएको छ ।

    बनुवा घुम्ती सडकदेखि त्रिशूली नदीसम्म पुगेको पहिरोको दूरी करिब दुई किलोमिटर भएको र जमिन तथा अन्नबाली ठूलो मात्रामा नोक्सान भएको लहरेपौवा निवासी डा सरोज श्रेष्ठले जानकारी दिनुभयो।

    पहिरोका कारण नौबिसे क्षेत्रमा भूकम्पपछि बनाइएका निजी आवाससमेत प्रभावित भएको डा श्रेष्ठले बताउनुभयो। सडकको नालीमा बग्ने पानी व्यवस्थित हुन नसक्दा पहिराको समस्या उत्पन्न भएको बुझिएको र क्षतिको यथार्थ विवरण आउन बाँकी छ ।


    बुधवार, श्रावण २५ २०७९१२:२८:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij