Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

नासुहरुले आज एक घण्टा पेन डाउन गर्ने

नासुहरुले आज एक घण्टा पेन डाउन गर्ने

  • बुधवार, श्रावण २५ २०७९

  • 479
    SHARES

  • नासुहरुले आज एक घण्टा पेन डाउन गर्ने

    काठमाडौं । सरकारले असमान रुपमा तलबमान बढाएको भन्दै विरोधमा उत्रिएका नायब सुब्बा अर्थात नासुहरुले आज एक घण्टा पेन डाउन गर्ने भएका छन् । बिहान १० बजेदेखि ११ बजेसम्म सबै सरकारी कार्यालयका नासुहरुले एक घण्टा पेन डाउन गर्ने नेपाल निजामती कर्मचारी युनियनका महासचिव जनक रावलले बताउनुभयो ।

    उहाँकाअनुसार बिहान एक घण्टा विरोध कार्यक्रममा बसेको क्षतिपूर्तिस्वरुप दिउँसो १ बजेदेखि २ बजेसम्मको खाजा समयमा सबै नासुहरुले काम गर्नेछन् ।

    नासुहरुले हिजो बिदामा बसेर साङ्केतिक रुपमा सरकारको विरोध गरेका थिए । नासुहरु बिदामा बस्दा हिजो सबै सरकारी कार्यालयमा सेवाग्राहीको काम हुन सकेको थिएन ।

    सरकारले मर्यादाक्रम मिलाउने नाममा माथिल्लो तहका कर्मचारीको तलब बजेटमा घोषणा गरेभन्दा ९ प्रतिशतसम्म बढी बनाउन प्रस्ताव गरेपछि नासुहरु विरोधमा उत्रिएका हुन् ।

    बजेटमा व्यवस्था गरेभन्दा बढी बढाउने गरिएको निर्णय फिर्ता लिइएको सरकारले जनाइसकेको भए पनि बजेटमा घोषणा गरिएअनुसार १५ प्रतिशत तलब बढाउँदा पनि माथिल्ला र तल्लो तहका कर्मचारीबीच तलबमानमा धेरै फरक परेकाले आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ ।


    बुधवार, श्रावण २५ २०७९०९:२९:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij