Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

आज यी प्रदेशमा वर्षाको सम्भावना

आज यी प्रदेशमा वर्षाको सम्भावना

  • बुधवार, श्रावण २५ २०७९

  • 301
    SHARES

  • आज यी प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं । अहिले देशका पाँच प्रदेशमा पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित छ। अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको विभागले जनाएको छ। 

    बुधबार दिउँसो देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।

    राति बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनेछ। 


    बुधवार, श्रावण २५ २०७९०६:५०:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij