Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सीटीईभीटीमा रिक्त पदका लागि परीक्षा तालिका सार्वजनिक (सूचनासहित)

सीटीईभीटीमा रिक्त पदका लागि परीक्षा तालिका सार्वजनिक (सूचनासहित)

  • मंगलवार, श्रावण २४ २०७९

  • 1.0K
    SHARES

  • सीटीईभीटीमा रिक्त पदका लागि परीक्षा तालिका सार्वजनिक (सूचनासहित)
    काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले विज्ञापन गरेको अढाई वर्ष विभिन्न रिक्त पदको पदपूर्तिका लागि परीक्षा गर्ने भएको छ ।
     
    २०७६ माघ २४ गते गरेको विज्ञापनको आन्तरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा तालिका सोमबार सार्वजनिक गरेको छ ।
     
    सर्वोच्च अदालतले २०७६ फागुन ३० गते उत्प्रेषणको आदेशबाट लिखित परीक्षाको कार्यक्रम यथास्थितिमा राख्ने आदेश दिएपछि परिषद्ले परीक्षा सञ्चालन गर्न सकेको थिएन ।
     
    सर्वोच्चले उक्त मुद्दा फिर्ता लिइसकेको भन्दै गत जेठ १६ गते लोक सेवा आयोगबाट विभिन्न मिति र समयमा परीक्षा कार्यक्रम सञ्चालन गर्न सहमति दिएकाले परीक्षाको समयतालिका सार्वजनिक गरेको सीटीईभीटीले जनाएको छ ।
     
    सार्वजनिक समयतालिका अनुसार परीक्षा भदौ १६ गतेदेखि असोज १४ गतेसम्म लोक सेवा आयोग अनामनगरमा सञ्चालन हुनेछ ।
     
    परिषद्ले समयतालिका सार्वजनिक गर्दै परीक्षा सञ्चालन हुने दिन अप्रत्याशित बिदा पर्न गएमा पनि आयोगको पूर्व सूचना विना निर्धारित परीक्षा कार्यक्रम स्थगित नहुने जनाएको छ ।
     
    कोभिडको सङ्क्रमण बढ्दै गएको स्वास्थ्य सुरक्षाको मापदण्ड सहित परीक्षा हलमा प्रवेश गर्न सूचित गरेको छ ।
     
    सूचना !


    मंगलवार, श्रावण २४ २०७९०३:२७:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij