Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

आज यी प्रदेशमा वर्षाको सम्भावना

आज यी प्रदेशमा वर्षाको सम्भावना

  • मंगलवार, श्रावण २४ २०७९

  • 482
    SHARES

  • आज यी प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं । आज मंगलबार राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

    देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ।

    अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।


    मंगलवार, श्रावण २४ २०७९०७:०३:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij