Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

  • आइतवार, श्रावण २२ २०७९

  • 765
    SHARES

  • अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा
    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत टकदत्त प्याकुरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
     
    वडा नम्बर १ थलान्नादेखि कल्खेसम्म र वडा नम्बर ४ को लौठीदेखि रिल्म हुँदै बिगोठीसम्मको सडक निर्माणमा ठेकेदारले फिल्डमा गरेको वास्तविक काम भन्दा नापी किताबमा बढी काम देखाई,झुट्टा बिल बनाएर भुक्तानी गरेको भन्दै निमित्त कार्यकारी अधिकृत प्याकुरेलसहित ४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
     
    अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार प्याकुरेलसँगै इन्जिनियर मकरध्वज शाही, असिस्टेन्ट सब(इन्जिनियर विनोद थापा र ठेकेदर गणेश भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
     
    उनीहरुले झुटा बिल बनाएर २१ लाख ४७ हजार ४९२ रुपैयाँ ७३ पैसा बढी भुक्तानी गरेको अख्तियारको दाबी छ । उनीहरूलाई भ्रष्टाचार निवारण ऐन अनुसार ३ महिनादेखि ३ वर्षसम्म कैद गर्न र बिगो बराबरको जरिवाना असुल गर्न अख्तियारले माग गरेको छ ।


    आइतवार, श्रावण २२ २०७९०५:२६:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij