काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज आइतबार तीन खेलहरू हुँदै छन् । साबिक विजेता म्यानचेस्टर सिटीसहित म्यानचेस्टर युनाईटेड र लेस्टर सिटीको खेल आज रहेको छ ।
सिटीले सिजनको आफ्नो पहिलो खेलमा वेस्ट ह्याम युनाईटेडसँग खेल्नेछ । सिटीको उसैको मैदानमा वेस्ट ह्यामको सामना गर्नेछ ।
सिटी र वेस्ट ह्यामबीचको खेल राति ९ः१५ बजे सुरु हुनेछ । आज दुवै टोली जित निकाल्दै सिजनको सुखद सुरुआत गर्ने योजनामा रहेको छ ।
यस्तै युनाईटेडले ब्राइटनसँग खेल्नेछ । ओल्ड ट्राफोर्डममा हुने खेल साँझ ६ः४५ बजे सुरु हुनेछ ।
त्यस्तै अर्को खेलमा लेस्टरले ब्रेन्टफोर्डको सामना गर्नेछ । दुई टोलीबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ ।