Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

काठमाडौं उपत्यकामा सवारी साधनमा हर्न निषेधको स्टीकर टाँस्ने अभियान सुरू

काठमाडौं उपत्यकामा सवारी साधनमा हर्न निषेधको स्टीकर टाँस्ने अभियान सुरू

  • आइतवार, श्रावण २२ २०७९

  • 532
    SHARES

  • काठमाडौं उपत्यकामा सवारी साधनमा हर्न निषेधको स्टीकर टाँस्ने अभियान सुरू

    काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनहरुमा हर्न निषेधको स्टीकर टाँस्ने अभियान सुरू गरेको छ ।

    काठमाडौं महानगरपालिकाको समन्वयमा आयोजना गरिएको ट्राफिक स्वयम्सेवक परिचालन कार्यक्रमको आइतबार उद्घाटन गर्दै कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मीरा चौधरीले चारपाङग्रे र दुई पाङ्ग्रे सवारी साधनहरुलाई अनावश्यक रुपमा हर्न नबजाउन सचेत गराउने उद्देश्यले यो अभियान थालिएको जानकारी दिनुभयो ।

    कार्यक्रममा काठमार्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले संवदेनशील क्षेत्र वरिपरि बजाइने हर्नको असर नराम्रो पर्ने भन्दै यो अभियान सार्थक हुने विश्वास ब्यक्त गर्नुभयो । उहाँले नो हर्न अभियान पहिल्यैबाट सञ्चालन गरिएपनि कोरोना लगायत विभिन्न कारण प्रभावकारी बन्न नसकेकाले अब पुनः अभियानलाई प्रभावकारी बनाइन लागेको बताउनुभयो ।

    उद्घाटन कार्यक्रमका क्रममा प्रमुख चौधरी र मेयर साहले सिंहदरबार अगाडिको सडकमा गुडिरहेका सवारी साधनमा स्टीकर टाँस्नु भएको थियो ।

    नो हर्न स्टिकर अभियानका लागि पद्य्मकन्या क्याम्पसका सय जना छात्रालाई स्वयम्सेवकको रुपमा परिचालन गरिएको छ 

    महानगरले यसअघि पनि अनावश्यक रुपमा हर्न बजाउनेहरुका लागि सुरूमा ५ सय रुपैयाँ दोश्रो पटक १ हजार र पटकेमा परे १५ सय रुपैयाँ जरिवाना गर्दै आएको छ ।

    काठमाडौं महानगरपालिकाले वि.सं. २०७३ साल चैत्र महिनामा नो हर्न अभियान सञ्चालन गरेको थियो । तर कोरोना लगायतका विभिन्न समस्याका कारण अभियान प्रभावकारी बन्न सकेको थिएन ।


    आइतवार, श्रावण २२ २०७९११:०८:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij