काठमाडौं । देशभर कोरोना संक्रमणदर बढेसँगै नेपाल प्रहरीमा पनि कोरोना संक्रमितको संख्या थपिँदै गएको छ । अहिलेसम्म १३ सय भन्दा बढिमा प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।
प्रहरीका दुई डीआईजीसहित १३ सय ५१ जनामा कोरोना संक्रमण देखिएकोमा जसमध्ये ७ सय ९५ जना सक्रिय संक्रमित रहेका छन् । ५ सय ५६ जना उपचारपछि निको भएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत १२६ र काठमाडौं उपत्यकाका १६३ जना सक्रिय संक्रमण देखिएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिनुभयो ।
प्रवक्ता कडायतका अनुसार प्रदेश १ मा १८५, प्रदेश २ मा १२९, वाग्मती प्रदेशमा ५०, गण्डकीमा ३०, प्रदेश ५ मा ९३ , कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा १३ जना सक्रिय संक्रमित छन् । पछिल्लो समय नागरिकको सुरक्षामा खटिने प्रहरीमा नै संक्रमण देखिन थालेपछि थप त्रास थपिएको छ ।