Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरूद्ध, सयौं सवारी र यात्रु अलपत्र

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरूद्ध, सयौं सवारी र यात्रु अलपत्र

  • शुक्रवार, श्रावण २० २०७९

  • 947
    SHARES

  • पहिरोले नारायणगढ–मुग्लिन सडक अवरूद्ध, सयौं सवारी र यात्रु अलपत्र

    काठमाडौं । नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिमा–२९ केराबारी नजिकै मौरी पुलमा पहिरो जाँदा गयरातिदेखि नै सडक अवरूद्ध भएको छ ।

    गए राति २ बजेतिर लेदोसहितको पहिरो खसेपछि दुईतर्फी रूपमै यातायात अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिनुभयो ।

    मौरी पुलमा सोमबार रातिदेखि पहिरोका कारण दिन दिनैजसो बाटो बन्द हुने गरेको छ । उक्त पुलभन्दा तीन सय मिटर पर रहेको डाँडा चिराचिरा परेर खोल्सामा पहिरो खसेको छ ।

    वर्षा भएपछि खोल्सामा थुप्रिएको माटो‚ ढुंगा र गेग्रान बग्दै पुलमाथि आएर थुप्रिने गरेकाले पनि वर्षा हुनासाथ मौरी पुलमा बाटो बन्द हुने समस्या रहेको स्थानीयले जानकारी दिएका छन् ।

    संघीय राजधानी काठमाडौंलाई जोड्ने मुख्य मार्ग अवरूद्ध हुँदा सयौं सवारी र यात्रु अलपत्र परेका छन् ।

     


    शुक्रवार, श्रावण २० २०७९०७:००:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij